Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, बागलुङ

बागलुङ न.पा. २, बागलुङ
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, बागलुङ

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

यातायात व्यवस्था कार्यालय बागलुङको यातायात अनुगमन

2077-08-21

2077-08-21


२० बागलुङ । बागलुङको आन्तरिक तथा अन्तर जिल्ला संचालन हुने सार्वजनिक सवारी साधनले स्वास्थ्य सुरक्षा मापदण्ड, भाडादर तथा अन्य सवारी नियमहरु पालना भए नभएको शनिवार अनुगमन गरेको छ । 

बागलुङ बजारवाट जिल्लाको विभिन्न स्थानमा छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरुले तोकिएका भाडादर लिए नलिएको, कोभिड १९ को संक्रमण अवधिका सार्वजनिक यातायातले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको साथै अन्य सवारी नियमहरु पालना गरे नगरेको वारे शनिवार संयुक्त अनुगमन गरेको थियो । 

बागलुङ नगरपालिका १ गणेशघुम्टीमा गरिएको संंयुक्त यातायात अनुगमनमा १०४ सवारी साधन चेकजाँच गरिएको र त्यसमध्ये ३२ सवारी साधनहरु कार्वाहीमा परेका थिए । नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई रु. १००० देखि १५०० सम्म जरिवाना गरिएको र १४ हजार ५ सय राजश्व संकलन गरिएको थियो । संयुक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मंच बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङको प्रतिनिधित्व रहेको थियो । 

यसै सन्दर्भमा जिल्ला यातायात व्यवस्थापन समितिको मिति २०७७।०८।१७ गते बसेको बैठकले तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको वा नलिइएको सवारीसाधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे नगरेको सम्‍बन्धमा अनुगमनलाई कडाइ गर्ने निर्णय समेत गरेको थियो । 

पछिल्लो अपडेट गरिएको : 2081-01-13 18:34:46

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, बागलुङ

Powered By: ProActive Developers