Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, बागलुङ

बागलुङ न.पा. २, बागलुङ
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, बागलुङ

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

बागलुङबाट परीक्षणकालीन सवारी चालक अनुमति पत्रको वितरण शुरु

2078-06-19

2078-06-19


यसअघि पास भएका चालकलाई यातायात कार्यालयले रसिद दिँदै आएको थियो । कार्यालयमा आयोजित एक कार्यक्रममा यातायात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिङ्ग थापा मगरले १५ जना नयाँ सवारी चालक अनुमतिपत्र वाहकलाई परीक्षणकालीन कार्ड वितरण गरेका थिए ।

अब परीक्षणकालिन अनुमतिपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने कार्यालय प्रमुख थापाले बताए ।

क्यूआर कोड जडित कार्ड नक्कली हो कि सक्कली हो त्यस परीक्षण गर्न सकिने र विभागको एपमा कार्डको क्यूआर कोड स्क्यान गर्ने बित्तिकै त्यसको विवरण देखिने भएकाले नक्कली कार्ड सजिलै छुट्याउन सकिने कम्प्युटर अधिकृत श्याम कुमार थापा मगरले बताउनुभयो ।

पछिल्लो अपडेट गरिएको : 2081-01-07 17:27:10

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, बागलुङ

Powered By: ProActive Developers